दफा १४
कानूनी व्यवस्था

१४. कानूनी व्यवस्था

यस नीतिमा भएका व्यवस्थाहरूलाई पूर्ण र प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन विद्यमान सहकारी सम्बद्ध कानूनहरूको आवश्यकता अनुसार परिमार्जन वा पुनर्लेखन गरिने छ । सहकारी बैंक तथा सहकारी मार्फत गरिने वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन छुट्टै ऐन नियमको व्यवस्था गरिने छ । विषयगत सहकारीको विकासलाई सहयोग पुग्ने अन्य निकायगत ऐन नियमहरूमा परिमार्जनको पहल गरिनुका साथै आवश्यकताका आधारमा नयाँ कानूनहरूको निर्माण समेत गरिने छ ।